युवतीको निहुँमा प्रहरी मुख्यालयमै रमिता

२०७३ श्रावण २८ गते, शुक्रबार

काठमाडौ, २८ साउन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो। बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो। बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे।
हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौड्दै गए र पोसाकधारी प्रहरीको बचाउ गरे। प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए। साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभी को सेतो जिप रोकिएको छ। एक हुल प्रहरी यताउता गरिरहेका छन्।
‘यो…. ले बर्दीको प्रहरी कुट्ने यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा प्रकट गरिहाले। कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेछ बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए। उनलाई पछ्याउँदै थिइन् युवती।
प्रहरीको विशेष कार्यदलको पोसा लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका विभिन्न युनिटमा जानकारी दिने काम भयो। प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए।- नागरिक दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार