दिउँसै चोरको बिगबिगी
काठमाडौँ, २९ साउन । काठमाडौँ उपत्यकामा आर्थिक वर्ष ०७१/०७२ को तुलनामा आव ०७२/०७३ मा चोरीका घटना कम भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव ७१/०७२ मा २२५ चोरी भएकोमा २०७२/०७३ मा १३८ चोरीका घटना भएको छ । महाशाखाका प्रहरी नायव उपरीक्षक प्रेम बस्नेतले भन्नुभयो, “प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यस वर्ष चोरीका घटनामा कमी आएको छ ।”
बस्नेतका अनुसार सोही अवधिमा डाँका तथा जबरजस्ती लुटपाटको घटना पनि कमी आएको बताउनुभयो । महाशाखाका अनुसार आव ०७१÷०७२ मा डाँका पाँच तथा जबर्जस्ती लुटपाटमा ६३ घटना घटेकोमा आव ०७२/०७३ मा डाँका तीन र जबर्जस्ती लुटपाट ४२ घटना भएका छन् ।
उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा दिउँसोमा बढी चोरी हुने गरेको बताए । उनले भने , “बेलुकाको तुलनामा दिँउसो ९० प्रतिशत चोरी हुने गरेको छ ।”
बस्नेतले रातिको समय अफिसमा धेरै चोरी र दिउँसोको समयमा घरमा बढी चोरी हुने गरेको बताए । उनले उपत्यकाको महाराजगञ्ज, नयाँ बानेश्वर, नयाँ बसपार्क, बालाजुलगायतका क्षेत्रमा बढी चोरी हुने गरेको जानकारी दिए ।