कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी

२०७३ श्रावण ३२ गते, मंगलवार

काठमाडौ, ३२ साउन । पाँचथर कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी रहेपछि कैदीबन्दीलाई समस्या भएको छ । सुधारगृहका रुपमा रुपान्तरण गर्ने भनिएको कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कैदीबन्दी भएपछी उनिहरुले कष्टकर जेलजीवन गुजार्नु परिरहेको गुनासो गरेका छन् । कारागारमा क्षमताभन्दा पाँचगुणा बढी कोचिएर बस्नु पर्दा त्यस्तो अवस्था भोग्नु परिरहेको उनीहरुले बताएका हुन् । पाँच महिलासहित २५ जनाको क्षमता रहेको पाँचथर कारागारमा अहिले १२९ कैदीबन्दी राखिएको जेलर सुरेन्द्रबहादुर मुखियाले बताए । तीमध्ये दुईजना नाबालक र एक नाबालिकासहित १३ महिला र ११३ पुरुष कैदीबन्दी रहेको जेलर मुखियाले बताए । क्षमताभन्दा बढी राखिनाले कैदीबन्दीले असुविधा भोग्नु परिरहेको उनले स्वीकारे ।
कैदीबन्दीले विशेषगरी शौचालय जाने र सुत्ने समयमा चरम समस्या भोग्नु परिरहेको चौकीदार टेकनाथ रिजालले बताए । जीर्ण भवन, त्यसमाथि साँघुरो कोठामा निसास्सिएर धेरै सङ्ख्यामा कैदीबन्दी सुत्नु तथा बस्नु परिरहेको उनको भनाइ छ ।
लामो समयदेखि प्रत्येक रात आलोपालो गर्दै आधा सङ्ख्याले खाटमुनि भुइँमा सुत्नु परिरहेको उनले बताए । बर्खायामको भुइँको चिसोले भिजेको ओछ्यान सुकाउँदै प्रयोग गर्नुपर्ने र घाम नलागेमा चिसै बिछ्यौनामा सुत्न बाध्य हुनु परिरहेको उनले सुनाए ।
गर्मीयाममा खाटमुनि उकुसमुकुस हुँदै सुत्नुपर्दा अझ धेरै कष्टको सामना गर्नु परिरहेको कैदीबन्दीले पीडा पोखेका छन् । कारागार कैदीबन्दी मैत्री नभइरहेको विषयमा जेलर मुखियाले कारागारको प्रशस्त जग्गा भएकाले क्षमता विस्तारका लागि विभागको ध्यानाकर्षण गराउने बताए ।
पछिल्लो समय अदालतबाट दोषी ठहरिएका फरार प्रतिवादीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेसँगै कारागार कैदीबन्दीले खचाखच हुन पुगेको हो । अहिले प्रहरीले २० वर्षभन्दा पहिलेदेखिका फरार प्रतिवादीलाई पक्राउ गरिरहेको पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार