घाइते अवस्थामा गैंडा फेला पर्यो
काठमाडौ, ४ भदौ । रौतहटको शिदेशवर वन क्षेत्रभित्र एउटा गैंडा गोली लागेर घाइते अवस्थामा फेला परेको छ । पूर्वपश्चिम राजमार्गबाट ४ किलोमिटर नजिक जंगलमा गोली लागेर घाइते भएको अवस्थामा गैंडा फेला परेको हो । घाइते गैंडाको उद्दारका लागि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । तस्करहरुले गैंडामाथि गोली प्रहार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।