चार युवतीको उद्धार

२०७३ भाद्र ५ गते, आईतवार

काठमाडौ, ५ भदौ । माइती नेपाल, कञ्चनपुरले वैदेशिक रोजगारीको प्रलोभनमा परी भारततर्फ जान लागेका चारजना युवतीलाई आज पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरेको छ । माइती नेपाल, कञ्चनपुरले पोखराबाट दिल्लीका लागि छुटेको बस र काठमाडौँबाट दिल्लीका लागि छुटेको बसमार्फत भारततर्फ जान लागेका चारजना युवतीको उद्धार गरेको हो ।
पोखराबाट दिल्लीका लागि छुटेको बसबाट कुबेतमा रोजगारीका लागि भनेर हिँडेका काभ्रेपलाञ्चोककी २० वर्षीया युवती र म्याग्दीकी २८ वर्र्षीया युवतीको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । उनका अनुसार युवतीलाई पोखराकी सीता नेपालीले कुबेतमा राम्रो जागिर लगाइदिने भन्दै प्रलोभनमा पारी ललाइफकाइ कुबेत पठाउन लागेको खुलेको छ ।
त्यस्तै, माइती नेपालले काठमाडौँबाट दिल्लीका लागि छुटेको बसबाट नुवाकोटका दुईजना युवतीलाई पनि सीमा नाकाबाट उद्धार गरेको छ । वैदेशिक रोजगारीका लागि दुबई जान लागेका नुवाकोटका एक २३ वर्षीया युवती र अर्की २७ वर्षीया युवतीको उद्धार गरिएको संयोजक भट्टले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार