तिन दर्जन ग्रामिण सडकमा सवारी सञ्चालनमा प्रतिबन्ध

२०७३ भाद्र ८ गते, बुधबार

काठमाडौं, ८ भदौ । पर्वतका ३३ वटा ग्रामिण सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ । रुट परमिट विना सवारी साधन सञ्चालन गर्न नपाइने भन्दै रोक लगाइएको हो । यातायात व्यवस्था विभागबाट जारी सूचनाअनुरुप जिल्लाका विभिन्न गाविस जोड्ने सडक सञ्जालमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
सवारी सञ्चालनमा रोक लगाइएपछि ग्रामिण क्षेत्रका सर्वसाधारण भने मारमा परेका छन् । सार्वजनिक सवारी साधनमा रोक लगाइए पनि अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक सवारी भने सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । सदरमुकाम कुश्माबजारबाट विभिन्न ३३ वटा ग्रामिण सडकमा विना इजाजत सवारी सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार