मापदण्डविपरित औषधि पसल सञ्चालनमा

२०७३ भाद्र १४ गते, मंगलवार

काठमाडौँ, १४ भदौ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मापदण्डविपरित औषधि पसलहरु सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल नजिकै खुलेका औषधि पसलहरु मापदण्ड विपरितका रहेको पाइएको हो ।
अधिकांश औषधि पसलहरु फर्मासिष्ट बिना नै सञ्चालनमा रहेको, औषधि बिक्रीका लागि ईजाजत लिने व्यक्ति पसलमा नबस्ने गरेको र औषधिको नामसमेत नचिन्ने कर्मचारीले औषधि बिक्रीवितरण गर्ने गरेको पाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । उनले केही औषधि पसलले म्याद नाघेका औषधि बिक्री वितरणमा राखेकोसमेत पाइएको बताए ।
मापदण्डविपरित विपरित सञ्चालित औषधि पसललाई एक साताभित्र सुधार गर्न निर्देशन दिइएको र निर्देशन पालना नगर्नेलाई कानुनी दायरामा ल्याउने उनले चेतावनी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार