बलात्कारीलाई १६ वर्ष कैद

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौँ, १५ भदौ । एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले मङ्गलबार १६ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई पटक–पटक करणी गरेको ठहर गर्दै मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ (२) बमोजिम आठवर्ष कैदको सजाय सुनाएको छ ।
सोही मुद्दामाथि सुनुवाइ गर्दै इजलासले सोही महलको ३ (क) अनुसार थप पाँच वर्ष र पीडित बालिकासँग नाता देखिएकाले सोही महलको २ नम्बरसमेत कसुरमा हाडनाता करणी महलको २ को देहाय २ नम्बरबमोजिम तीनवर्ष गरी १६ वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।
अदालतले राईलाई पीडितका नाममा ७५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको अदालतका स्रेस्तेदार भट्टराईले बताए । कसुरदार राईले ती बालिकालाई २०७० साल यता पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध गतबर्ष फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार