पाँच लुटेरा प्रहरीको फन्दामा

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौं, १६ भदौ । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियारसहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली, ३०० केजी वन लसुन र रु ७० हजार नगदसहित पाँचजना लुटेरालाई पक्राउ गरेको हो । जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ । पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उनले बताए । यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु ६ लाख नगद लुट्नेलाई डाँकाको मुद्दा चलाइरहेका बेला पुनः पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो । प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार