जीप दुर्घटना, ९ जना घाइते
काठमाडौँ , १९ भदौ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–६ परिर्वतन टोल स्थित सडकखण्डमा बलेरो जीप दुर्घटना हुँदा जीपमा सवार ९ जना घाईते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते हुनेमा झापा घर भई हाल सुर्यविनायक बस्ने १८ वर्षीया सृजना लिम्बु रहेकी छिन् । घाईते लिम्बुकोे ईवामुरा अस्पताल सलघारीमा उपचार भईरहेको छ । अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार भईरहेको छ ।
आज दिउँसो सवा १२ बजे सुर्यबिनायकबाट डोलेश्वर मन्दिर जाँदै गरेको बा८च ९३७२ नबरको जीप सडकमा पल्टिएर दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न चालक र सवारी साधनलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।