बस र ट्रक ठोकिँदा १२ घाइते

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन् भने ट्रकका चालक च्यापिएका छन् । काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको हो ।
ट्रकको अगाडिका दुवै टायर ‘पङ्क्चर’ भएपछि बसमा ठोकिन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३४३ नंको अर्काे ट्रक समेत अघिल्लो ट्रकमा ठोकिएको छ । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक र यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । उपरीक्षक कुँवरले ट्रकमा च्यापिएका चालकको उद्धार जारी रहेको बताउनुभयो । जिल्लामा दैनिकजसो सवारी दुर्घटना हुँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार