गुण्डालाई गोली

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । दाङमा प्रहरीको गोलीबाट रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाइते भएको प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको हाल राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको पनि एसपी सिंहले जानकारी दिए । प्रहरीका अनुसार शुक्रवार राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेको गुण्डाहरुको समुहले गस्तिमा रहेको प्रहरी टोलीमाथि पहिले आक्रमण गरेका थिए ।
त्यसपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलाउनु परेको एसपी सिंहले बताए । घटनास्थलवाट दुईथान खुकुरी र प्रहरीलाई आक्रमण गर्ने थप पाँच जना युवाहरुलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य चारजनामा दाङको रामपुर गाविस वडा नं. ९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाँउ निवासी १९ वर्षीय उपेन्द्र गिरी, सोही ठाँउकै २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका वडा नं. १५ निवासी सागर श्रेष्ठलाई पक्राउ गरिएको एसपी सिंहले जानकारी दिए ।
सागर कटेज सञ्चालक हुन । यसैबीच प्रहरीले थप एक जनालाई शनिवार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको विजौरी निवासी ३५ वर्षीय मुकुन्द पौडेल छन् । उनी घटना हुँदा होटेलमा बसेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकाले उनको संलग्नता भए नभएको भन्न नसकिने प्रहरीले बताएको छ ।
एसपी सिंहले गोली लागेर घाइते भएका बुढा यसअघि पनि विभिन्न व्यापारीलाई फोनमा धम्की दिने र रकम असुल्ने व्यक्ति भएको खुल्न आएको जानकारी दिए । उनले ग्वारखोलामा हुँदै आएको अबैद्य वालुवा गिट्टी उत्खननमा सघाउन आएका युवाहरु हुन कि भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी पनि दिए ।
तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले तुलसीपुर–घोराही सडक खण्डको सन्ध्या कटेजमा ६ जना मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र पछि फेरी उनीहरु ग्वारखोला नजिकको सागर हाईवे कटेजमा आएर मदिरा सेवनका लागि होहल्ला गरि साहुलाई आतंकित पारेको खबर प्राप्त भएपछि प्रहरी पुग्दा प्रहरीमाथि नै जाईलागेकाले प्रतिरक्षाको लागि गोली चलाउनु परेको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार