सात वर्षदेखि घरमै बन्धक !
काठमाडौं , २५ भदौ । जाजरकोट भेरीमालिका नगरपालिका–५ गंगटियाका एक बालक उपचार नपाउँदा सात वर्षदेखि घरमै बन्दी अवस्थामा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले उपचार गर्न नसक्दा मुकेश वि.क लाई घरमै बाँधेर अभिभावकले राखेका छन् । जथाभावी हिड्ने र जे पायो त्यही खाईदिन थालेपछि विगत सात वर्षदेखि घरमै बाँधेर राखेको उनका बुबा जरे लुहारले बताए ।
घरमा एक्लै जथाभावी जाने भएकाले उनलाई बन्दी जस्तै गरी दाम्लोले बाँधेर परिवारले राखेका छन् । दैनिक दाउरा बेचेर परिवारको गुजारा चलाउँदै आएका आएको बताउँदै लुहारले भने, ‘दाउरा बेचेर कमाएको पैसाले परिवार पालुँ कि छोराको उपचार गरुँ ?’ तर उनलाई छोराको उपचार गर्न सके जाती हुन्थ्यो भन्ने लागेको छ ।
बिरामी बालक शारीरिक रुपमा राम्रै रहेपनि उनमा मानसिक समस्या भएको उनका परिवारलाई तनाव भएको छ ।