महिला संघको महाधिवेशन सुरु हुदै

२०७३ भाद्र २९ गते, बुधबार

काठमाडौ, २९ भदौ । महिला सशक्तिकरणका चार ‘स’ समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशन ३१ गतेसम्म चल्नेछ । महाधिवेशन २०६२ सालपछि यो पटक हुन लागेको हो ।
महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले मध्यान्ह गर्नुहुनेछ । महाधिवेशनको आज उदटन, भोलि भृकुटीमण्डपमै बन्दसत्र र पर्सी ३१ गते राष्ट्रिय सभा गृहमा मतदान गरी नयाँ नेतृत्व चयन गर्ने तालिका छ ।
निर्वाचनबाट ६५ सदस्यीय कार्यसमिति चयन हुनेछ । संघको अध्यक्षका लागि ३ पक्षबाटै आकांक्षीहरु देखिएका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट उमा रेग्मी, वरिष्ठ नेता रामचन्द्र पौडेलबाट मीना पाण्डे र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षबाट धना खतिवडालाई उठाउने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार