अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

२०७३ आश्विन १ गते, शनिबार

काठमाडौ, १ असोज । काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ । सरकारले विभिन्न अभियुक्तको अभियोग प्रमाणित गर्न साक्षी उपस्थिति तथा खर्च व्यवस्थापनको कार्यक्रम ल्याएपछि उनीहरुलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
‘सरकारले साक्षीको सुरक्षासहित आर्थिक खर्च पनि व्यवस्थापन गरेको हुन्छ, त्यसैले हामीले यो काम गरेका हौँ उहाँले भन्नुभयो ।’ आर्थिक वर्ष २०७२ ÷०७३ मा अदालतमा उपस्थित गराइएको साक्षीका लागि रु एक लाख ७० हजार ३५२ खर्च भएको समेत प्रहरी उपरीक्षक बास्तोलले बताउनुभयो ।
उहाँले एकजना साक्षीका लागि नायब सुब्बाको तलब बराबर कति दिन लाग्छ सोही अनुसार साक्षीको खर्च व्यवस्थापन हुने जनाउँदै प्रत्येक मुद्दामा साक्षी हुने विश्वास दिलाउनुभयो । तीन वर्षअघिदेखि सरकारले साक्षीको सुरक्षासहित आर्थिक व्यवस्थापन गरेको हो ।
प्रहरीले काभ्रेपलाञ्चोकमा गत वर्ष एकसय ७८ थान मुद्दा दर्ता गरेकोमा एकसय ७४ थान मुद्दा अदालतमा पेस गरेको तर त्यसमध्ये ९५ थान मुद्दा मात्रै फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये ९१ थान सफल भएको र चार थान मुद्दा असफल भएको र ८३ थान मुद्दा विचाराधिन अवस्थामा रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताउनुभयो ।
यसैबीच प्रहरीले जिल्ला अदालत, धुलिखेलबाट दोषी ठहर भई फरार रहेका २३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १४ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो ।
त्यस्तै २०७२ साउनदेखि अहिलेसम्म अनुसन्धानको क्रममा पाँचसय ७६ जनालार्ई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा फरार रहेका अझै ४२ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार