पत्रकार बर्देवामाथि प्रहरी ज्यादती

काठमाण्डौ ,५ असोज । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा रेडियो पत्रकार सुदिप वर्देवामाथि प्रहरीले दुव्र्यवहार गरेको छ । वर्देवामाथि ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा रिपोर्टिङका क्रममा दुब्यबहार भएकोप्रति क्रान्तिकारी पत्रकार संगठनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले आज विज्ञप्ती निकालेर समाचार संकलनका क्रममा कार्यलय पुगेका बर्देवालाई हातपात गर्नुका साथै नियन्त्रणमा लिएको घटना प्रेस स्वतन्त्रता बिरोधी भएको भन्दै बिरोध जनाएका छन ।
चालक अनुमति पत्र लिनका लागि आज बिहान तीन बजेदेखि नै आवेदकहरु लाइनमा बसेपनि बिहान ८ बजेपछि सर्भरले काम नगरेको भन्दै कार्यलयले सुचना टासेर काम नहुने जनाएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । लाईसेन्सका लागी लाईनमा बसेका आवेदकहरुले नाराबाजी गर्दै बिरोध जनाएपछि प्रहरीले घटनालाई नियन्त्रणमा लिन हस्तक्षेप गरि केहिलाई नियन्त्रणमा लिएको थियो । सोहि घटनाको समाचार संकलनका लागी गएका बर्ढेवालाई पनि फोटो खिचिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई आधा घण्टा पछि छाडेको थियो ।
संगठनका केन्द्रिय सदस्य समेत रहेका बर्देवाले आफुले परिचयपत्र देखाउदा पनि प्रहरीले आफुमाथि हातपात गरेर नियन्त्रणमा लिएको जनाएका छन् । प्रहरीले भने सर्भर खराबिका कारण काम हुन नसकेको घटनालाई उचालेर कार्यलयमा नाराबाजी गरेका हरुलाई नियन्त्रणमा लिने क्रममा उनी परेको जनाएको छ ।
संगठनले यस घटनाले स्वतन्त्र प्रेसमाथि राज्यका सुरक्षा निकायको बुझाई प्रष्ट पारेको भन्दै प्रहरीको यस प्रकारको व्यवहारको घोर भत्र्सना गरि घटनामा संलग्न प्रहरीमाथि तत्काल कारवाही गर्न पनि विज्ञप्तीमार्फत माग गरेको छ ।