पत्रकार आचारसंहिता २०७३ जारी

२०७३ आश्विन ६ गते, बिहीबार

काठमाडौं, ६ असोज । पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले संयुक्तरुपमा ‘पत्रकार आचारसंहिता, २०७३ जारी गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा विहीबार प्रेस काउन्सिल नेपालको ४७औं वार्षिकोत्सवको अवसरमा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले संयुक्तरुपमा आचारसंहिता जारी गरेका हुन् ।
आचारसंहिता जारी गरेपछि संयुक्तरुपमा काउन्सिल अध्यक्ष कार्की र महासंघ अध्यक्ष विष्टले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आचारसंहिता बुझाएका थिए ।
आचारसंहिता जारी गर्दै काउन्सिलका अध्यक्ष कार्कीले बदलिँदो पत्रकारितासँग आमसन्चारमाध्यम र पत्रकारलाई थप जिम्मेवार र उत्तरदायी बनाउनका लागि नयाँ आचारसंहिता जारी गरिएको बताए । उनले नयाँ आचारसंहितामा अनलाइन पत्रकारितालाई समेटिएको जानकारी गराए ।
‘पहिलेको आचारसंहिता छापामाध्यममा बढी केन्द्रित थियो’–उनले भने–‘नयाँमा छापासँगै, रेडियो टेलिभिजन र अनलाइनमाध्यमलाई पनि समेटेर तयार गरिएको छ ।’ अध्यक्ष कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि आचारसंहितामा समेटिएको जानकारी गराए । नयाँ आचारसंहिता जारीसँगै पुरानो ‘पत्रकार आचारसंहिता–२०६०’ (संशोधन तथा परिमार्जित, २०६४) खारेज गरिएको छ ।
नयाँ जारी गरिएको आचारसंहितामा १५ बुँदामा पत्रकारितामा निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरिएको काउन्सिलका उपप्रशासकीय अधिकृत दीपक अधिकारीले जानकारी गराए । उनकाअनुसार नयाँ आचारसंहितामा बालबालिका, महिला तथा पिछडिएका क्षेत्रका समाचार लेख्दा थप पालना गर्नुपर्ने र अनलाइन सन्चारमाध्ययमले समाचार प्रकाशित गरेपछि हटाउन नपाउने नयाँ व्यवस्था गरिएको छ ।
यसैगरी, प्रत्येक सन्चारमाध्यमले आफ्नो छुट्टै आचारसंहिता बनाउनसक्ने र त्यसलाई काउन्सिलले अनुगमन गर्ने कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार