सप्तकोशीमा पानीको बहाव बढ्यो

२०७३ आश्विन ९ गते, आईतवार

काठमाडौँ, ९ असोज । पूर्वी पहाडी जिल्लाहरुमा लगातार बर्षा भएपछि सप्तकोशी नदीमा फेरि पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि नदीमा खतराको संकेतस्वरुप रातो बत्ति बालिएको छ । आइतबार बिहान ७ बजे गरिएको मापन अनुसार पानीको बहाव १ लाख ९० हजार ५ सय क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए । अहिले कोशी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खोलिएका छन् । पानी १ लाख ५० हजार क्युसेकभन्दा माथि गएपछि व्यारेजमा खतरा स्वरुप रातो बत्ति बाल्ने गरिएको छ । यो बर्ष सप्तकोशी नदीका पानीको बहाव बढेर २ लाख ८४ हजार सात सय १० क्युसेकसम्म पुगेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार