पूर्व गृहमन्त्री घिमिरेको अवस्था अज्ञात

२०७३ आश्विन १० गते, सोमबार

काठमाडौँ, १० असोज । पूर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप आइतबार अपराह्न त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीन जना भने नदीमा वेपत्ता भएका छन् । वेपत्ता भएकाहरुको खोजी आज विहानैदेखि फेरि थालिएको छ । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट घिमिरे चढेको बा ९ च १५३१ नम्बरको स्कार्पियो जीप नदीमा खसेको थियो ।
दुर्घटनामा घिमिरेकी आमा चैतन्या, सुरक्षा गार्ड सशस्त्र प्रहरीका सहायक निरीक्षक रामचन्द्र कार्की र घिमिरका आफन्त नारायण काफ्लेको मृत्यु भएको हो ।
वेपत्ता हुनेमा पूर्व गृहमन्त्री घिमिरे, उनका दुई भाई मोहन र प्रकाश घिमिरे छन् । प्रकाश घिमिरे राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता बिभाग प्रमुख हुन् ।
गाडीका चालक विष्णु राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुर लगिएको कुरिनटारस्थित सशस्त्र प्रहरीका एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनीहरु मुक्तिनाथ गएर काठमाडौं फर्कंदै थिए । पूर्व मूख्य सचिवसमेत रहेका माधव घिमिरे २०६९ सालमा गठीत खिलराज रेग्मी सरकारमा गृहमन्त्री थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार