म्याद बुझाउन नसक्ने तामेलदारमाथि कारबाही
काठमाडौ, १ कात्तिक । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई म्याद बुझाउन नसक्ने सर्वोच्चका तामेलदार शम्भु खत्रीलाई विभागीइ कारबाही गर्ने निर्णय भएको छ। सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेललगायतका सह रजिष्ट्रारहरुको आइतबार बसेको बैठकले तामेलदार खत्रीलाई विभागीय कारबाही गर्ने निर्णय भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो।
बैठकले तामेलदार खत्रीलाई म्याद बुझाउन नसकेको कारण स्पष्टीकरण लिएको र स्पष्टीकरणमा चित्त नबुझे विभागीय कारबाही गरिएको बताइएको छ। गएको दसैं विदा सुरु हुनु धेरै दिन अगाडि नै प्रमुख आयुक्तसँग सम्बन्धित म्याद बुझाउन आवश्यक कागजपत्र तामेलदार खत्रीलाइ दिइएको थियो, त्यसपछि उनी सम्पर्कबाहिर रहेको आरोप लागेको छ। – नेपाल समाचारपत्र दैनिकवाट