लोकमानको म्याद तामेल

२०७३ कार्तिक २ गते, मंगलवार

काठमाडौं, २ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको म्याद तामेल भएको छ । म्याद तामेल भएसँगै कार्कीविरुद्दको मुद्दा पेशीमा चढ्ने बाटो खुलेको छ । एक महिना लामो प्रयासपछि मंगलबार नयाँबानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको हो । सर्वोच्च अदालतमा कार्कीको घरमा म्याद तामेल भएको व्यहोरा प्राप्त भएको जनाइएको छ ।
अख्तियार प्रमुख हुनका लागि कार्कीको योग्यता नपुगेको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो । आदेशसँगै अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो । तर, सर्वोच्चले पटक–पटक तामेलीका लागि टोली खटाएपनि एक महिनासम्म यो प्रयास असफल भएको थियो । मंगलबार म्याद तामेल भएसँगै अख्तियार प्रमुख कार्कीले अबको १५ दिनभित्र सर्वोच्च अदालतमा आफैं उपस्थित हुन वा आफ्नो प्रतिनिधि पठाउन सक्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु