ज्येष्ठ नागरिक महोत्सव हुदै

२०७३ कार्तिक ३ गते, बुधबार

काठमाडौँ, ३ कात्तिक । आगामी कात्तिक ६ र ७ गते विराटनगरमा ज्येष्ठ नागरिक महोत्सव गर्ने भएको छ । मनमोहन स्मृति प्रतिष्ठानले १ नं. प्रदेशका १४ जिल्लाका दुई हजार ज्येष्ठ नागरिक भेला गरी ज्येष्ठ नागरिक महोत्सव गर्न लागेको हो । ७० वर्ष उमेर पुगेका प्रतिनिधिमूलक रूपमा ज्येष्ठ नागरिकलाई सहभागी गराई महोत्सव हुन लागेको हो । प्रतिष्ठानले असोजको पहिलो साता विराटनगरका स्थानीय सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महोत्सवमा सहभागी हुन ज्येष्ठ नागरिकलाई आग्रह गरेको र उक्त सूचना अवधिभित्र पहिला नाम दर्ता गराउनेलाई महोत्सवमा सहभागी गराइने मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले बताए ।
महोत्सवमा सहभागी हुन सक्ने ज्येष्ठ नागरिक आफैँ कार्यक्रम स्थलमा आउनु हुनेछ भने स्वास्थ्यका कारणले सहभागी हुन साहारा आवश्यक पर्नेेले ज्येष्ठ नागरिकलाई सम्बन्धित जिल्लाका ज्येष्ठ नागरिकसँग काम गर्ने सङ्घसंस्थाको सहयोगमा महोत्सव स्थलसम्म आइपुग्ने व्यवस्था मिलाइएको छ ।
पहिलो दिन कात्तिक ६ गते ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, ज्येष्ठ नागरिकमैत्री मनोरञ्जनात्मक कार्यक्रम, योग प्रशिक्षक विकासानन्दद्वारा एक घण्टा योग प्रशिक्षण, राष्ट्रपतिद्वारा ज्येष्ठ नागरिकलाई सम्मान र राष्ट्रपतिसँग ज्येष्ठ नागरिकको सहभोज र फोटो सेसन हुनेछ ।
त्यसपछि सहभागी ज्येष्ठ नागरिकलाई बिदा गर्ने र ७ गते ज्येष्ठ नागरिकसँग काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसँग ‘ज्येष्ठ नागरिकको अवस्था र अवसरको चुनौती’ विषयक अन्तरक्रिया हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु