‘सडकपेटीबाट हिँड्न रोक लगाइएको छैन, पसल बन्द हल्लामात्रै ‘
काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीका क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रस्ट पारे । उनले भने–‘सवारीका क्रममा बीच सडकमा भने हिँड्न दिने कुरा भएन, सडककिनारा र पेटीबाट हिँड्न रोक लगाइएको छैन ।’ प्रवक्ता मल्लले सवारी चल्ने ‘रुट’का पसल, सटर बन्द गराइने भन्ने विषय पनि हल्लामात्रै भएको स्पस्ट पारे ।