संविधान संशोधनको औचित्य छैनः ओली
काठमाडौं, २७ कात्तिक । नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले संधिान संशोधनको औचित्य नभएको बताएका छन । एमाले उदयपुर कटारी नगर समितिले आयोजना गरेको आमसभामा बोल्दै उनले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताए । ओलीले कैसैलाई खुसी पार्न र कसैको चित्त बुझउनको लागी संविधान संशोधन नहुने ठोकुवा गरेका थिए । ‘संविधान कार्यान्वयनको वेला संविधान संशोधनका कुरा गर्ने पागल हुन ।’ अध्यक्ष ओलीले भने, ‘पागल र टट्टुको भर नपर्नू संविधान संशोधन हुदैन ।’
नेकपा माओवादी केन्द्र र नेपाली काङग्रेस राष्ट्रघाती भएर सरकार गिराउन मधेसीसँग सम्झौता गरेको ओलीको भनाई थियो । ‘मेरो नेतृत्वको सरकार जनताको सरकार जनताको थियो ।’ अध्यक्ष ओलीले भने, ‘जनताको सरकार नचाहने माओवादी केन्द्र र काङग्रेसले मधेस आन्दोलन गरेर दशै ठप्प पार्नेसँग सम्झौता गरे ।’ ओलीको भनाईमा मधेसी दलको माग अनुसार अवका दिनमा प्रदेशको सिमाङकन र नामाङकन समेत बदलिने छैन ।
रेलमार्ग बनाउन, ठुला सडक आयोजन बनाउन, जलबिद्युत लगातयका देश बिकासका काममा एमाले अन्य पार्टी भन्दा अग्रसर भएको बताएका थिए । कटारी नगरपालिका त्रिवेणी ६ मा रहेको नगरपार्टी कार्यालय उद्घाटन गरेर आमसभामा भाग लिएका थिए ।