कात्तिक नाच समापन हुदै
काठमाडौं, २९ कात्तिक । पाटन डबलीमा कात्तिक १८ गते सुरु भएको कात्तिक नाच अन्तिम शृङ्खलामा प्रवेश गरेको छ । नाच आज साँझ भगवान् श्रीकृष्णले गोपीनीका साथमा रहेको दही र महीको भाँडो फुटाउने लीला प्रस्ुतत गरेर समापन हुँदैछ ।
नर्तकी र बाजागाजा बजाउनेसहित १८० जना स्थानीय सहभागी नाचमा संलग्न हुनुहुन्छ । नाच विसर्जनको अवसरमा नर्तकी र बाजा बजाउनेलाई पारिश्रमिक दिन नसकिने भएकाले नाच व्यवस्थापन समितिलाई पिरोलेको छ । अनुदान आएको रकम नाचका लागि फूलमाला किन्न नै नपुग रहेको व्यवस्थापन समिति अध्यक्ष किरण चित्रकार बताउनुहुन्छ । नाचमा बाजा सिकाउने गुरु केशवकृष्ण श्रेष्ठका अनुसार स्थानीयले स्वतः स्फूर्त रूपमा अहिलेसम्म सहभागिता जनाउँदै आएका छन् । यो पल्ट नाच १२ दिन देखाउन परेको छ ।