आज बालाचतुर्दशी, शिवालयहरुमा सतबिज छरिंदै

२०७३ मंसिर १३ गते, सोमबार

काठमाडौं,१३ मंसिर । आज बालाचतुर्दशी , दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै शिवालयहरुमा सत्बीज छरी मनाइँदैछ । सत्वीज छर्न आज विहानै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा भक्तजनको ठूलो भीड लागेको छ । लाखौं भक्तजनले पाशपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सद्बिज छरेका हुन् ।
हरेक वर्र्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।
भक्तजन गएरातिदेखि नै महादीप बाली जाग्राम बसेका थिए । बालाचतुर्दशीमा मृगस्थली वा श्लेषान्तक वनमा छरेको सतबीज दिवंगत भएकाका लागि बाली रोपिएको भन्ने लोककथन पनि छ । सतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास रहिआएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु