पत्रकार महासंघ तीन दलको भर्ती केन्द्र !

२०७३ पुष २९ गते, शुक्रबार

काठमाडौं, २९ पुस । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ तीन दलको भर्ति केन्द्र भएको आरोप लगाएको छ। उनले महासंघमा प्रमुख तीन दलको सिण्डिकेटविरुद्ध देशब्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । क्रान्तिकारी पत्रकार महासंघले स्वतन्त्र श्रमजीवी पत्रकारहरुलाई महासंघमा निषेध गरी प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको सिण्डिकेट लादिएको भन्दै आपत्ति जनाएको छ।विधान बमोजिम योग्य पत्रकारहरुलाई आस्थाकै आधारमा सदस्यता लिनबाट बञ्चित गरी तीन दलले भागबण्डा गरेको भन्दै भागबण्डामा गैरपत्रकारलाई सदस्यता बाँड्ने काम रोक्न क्रान्तिकारी पत्रकार महासंघले माग गरेको छ।
आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर गैरपत्रकारहरुलाई नयाँ सदस्यहरु बाड्ने खेल भइरहेको भन्दै उसले देशभरका शाखाहरुले नयाँ सदस्यका लागि अपनाएको मापदण्ड र छनोट गरिएका सदस्यहरुको विवरण तकाल सार्वजनिक गर्न पनि माग गरेको छ। सर्वपक्षीय अधिकार सम्पन्न आयोग गठन गरी नयाँ तथा पुराना गैरपत्रकारको सदस्या खारेज गर्नुपर्ने क्रान्तिकारीले माग गरेको छ । तीन दलीय सिण्डिकेटकाविरुद्ध अन्य श्रमजीवी पत्रकारहरुलाई एकतावद्ध हुन पनि क्रान्तिकारीले आह्वान गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार