रातोभाले रिसोर्टबाट २० जुवाडे पक्राउ

२०७३ माघ ७ गते, शुक्रबार

काठमाडौं, ७ माघ । भक्तपुर नगरपालिका–२ कमलविनायक, भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलाउने रिसोर्टका सन्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको बताए । जुवा खेलाउने रिसोर्ट सन्चालकसहित अन्य १८ जनालाई भने शुक्रबारै मुद्दा चलाएको उनले जानकारी दिए । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार