क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको संयोजकमा दामोदर खनाल

२०७३ माघ १५ गते, शनिबार

काठमाडौँ, १५ माघ । क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले जिल्ला संयोजकमा पत्रकार दामोदर खनाललाई चुनेको छ । ललितपुरको कुपण्डोलमा आक् विहान भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले चुनेका जिल्ला कार्यसमिति सदस्यहरुमा रनसुर महतरा, विणुविकिरण आले, प्रकाश भण्डारी, ठमानसिंह तामाङ, सेरसिंह, गिता लामा, कोपिला थापा, जयन्ती महर्जन, अनित पाण्डे, सुरेश महर्जन, विवेक महर्जन, इश्वरी गुरागाईं, ज्ञानु खतिवडा, कुमार भट्टराई, निरन्जन श्रेष्ठ, सुविन महर्जन, विनोद रञ्जितलगायत रहेका छन् ।
भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, उपाध्यक्ष नारायण पंगेनी, महासंघका केन्द्रीय सल्लाहकारहरु गोर्की श्रेष्ठ, राजेन्द्र रंजित, नेकपा (क्रान्तिकारी माओवादी)का ललितपुर सहइन्चार्ज गोविन्द पौडेल र संयोजक श्याम केसीको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार