प्रेमिकालाई एसिड प्रहार गर्ने प्रहरीको फन्दामा
काठमाडौं, २४ माघ । धादिङ नौबिसे–१ बस्ने २८ वर्षीय सुनिल कोईराला प्रेमिकालाई एसिड प्रहार गरी गम्भीर घाईते बनाएको अभियोगमा पक्राउ परेका छन । कोईरालालाई प्रहरीले बुटवल–६ स्थित मेरिडियन होटेलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार कोइरालाले प्रेम सम्बन्धमा खटपट भएको कारण उक्त होटेलको कोठा नम्बर १०३ मा सँगै बसेकी नवलपरासी गैंडाकोट–५ बस्ने २७ वर्षीया तुलसा सापकोटालाई अनुहार, टाउको र शरीरमा एसिड प्रहार गरेका थिए । घाइते तुलसाको लुम्बिनी अञ्चल अस्पतल बुटवलमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीले उक्त होटेलको कोठा नम्बर १०४ मा बसेकी तुलसाकी सानीआमा काठमाडौं–७ चाबहिल बस्ने ४० वर्षीया देवी खरेललाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।