डिजे बाजाले ज्यान लियो

२०७३ माघ २६ गते, बुधबार

काठमाडौं, २६ माघ । महोत्तरी जिल्लाको सुगा गाउँमा डिजे बाजाका कारण एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१५ का १२ वर्षीय अमिरुल अन्सारी रहेको परिवारजनले जनाएको छ । सोमबार राति गाउँमा दुईओटा बिहेमा ठूलो आवाजमा डिजे बाजा बजाएर नाचगान गरिरहेकोबेला सोही नाचगान हेर्न घरबाहिर निस्केका बालक अन्सारीको चर्को आवाजले हृदयघात भएर मृत्यु भएको चिकित्कसले बताएका छन् ।
डिजे बाजाको चर्को आवाज सुनेर बेहोस भइ घरअगाडि लडेका बालक अन्सारीलाई उपचारका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार