एसएसपी खत्रीलाई थप १० दिन हिरासतमै राख्न आदेश

२०७३ माघ २७ गते, बिहीबार

काठमामाडौं, २७ माघ । सुनकान्डमा पक्राउ परेर पाँच दिनदेखि प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई अरु १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । हिरासतमै राखेर अनुसन्धानका गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले विहीबार समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका खत्रीलाई यसअघि काठमाडौं जिल्ला अदालतले नै अनुसन्धानका लागि चार दिन म्याद दिएको थियो । उक्त अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय मागेकोमा अदालतले १० दिन समय दिएको हो ।
गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् । विमानस्थलमार्फत् सुन भित्र्याउन तस्करहरुलाई सघाएको आरोप खत्रीलाई लगाइएको छ ।
सीआइबीले खत्रीलाई २३ गते प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई प्रहरी मुख्यालय तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत् तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ । गत पुस २१ गते दुबई विमानस्थल हँुदै ल्याइएको ३३ किलो सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार