सुन तस्करको परिचय खुल्यो
काठमाडौं, माघ २९ । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका छन् । पक्राउ परेकाको बयानका आधारमा पाँचजना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहेपनि समाउन सकिएको छैन । ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने । उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिएपनि उनीहरु केहि समययता घरमा छैनन् ।
आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट