ऋण नतिर्नेलाई १० महिना जेल

२०७३ फाल्गुन २ गते, सोमबार

काठमाडौं, २ फागुन । महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृती देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए । औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकेको थियो । तर अमृती देवी सोही बेलादेखि फरार रहँदै आएकी थिइन् ।
यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार