बीपी राजमार्ग अवरुद्ध

२०७३ फाल्गुन ९ गते, सोमबार

काठमाडौं, ९ फागुन । बनेपा-सिन्धुली–बर्दिबास (वीपी राजमार्ग)सडकअन्तर्गत सिन्धुलीको खाल्टे भलायोटार भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।
खुर्कोट–नेपालथोक सडक खण्डमा पर्ने सितलपाटी गाविसको खाल्टे भलायोटार भीरमा आइतबार राति सडक भास्सिएर सुख्खा पहिरो गएपछि वीपी राजमार्गको नेपालथोक-खुर्कोट सडक खण्ड अवरुद्ध भएको हो । विगतमा भूकम्पले थर्काएर भास्सिएको सडकमा राती ११ बजे भलायोटार भीरको करीब ३० मिटर पक्की सडक सुनकोशी नदीमा खसेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सडक भास्सिएर सुख्खा पहिरो गएपछि रातिदेखि नै वीपी राजमार्गको नेपालथोक-खुर्कोट सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार