अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदै

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौ , १० फागुन । आज फेबु्रअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । नेपालमा पनि विभिनन कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् १९५२ मा तत्कालिन पूर्वी पाकिस्तान तथा हालको बंगलादेशमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोनलनको सम्झनामा मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । सन् २००० देखि संयुक्र राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो । युनेस्कोले पनि सन् १९९९ नोभेम्बर १७ तारीखमा यसलाई दिवसका रुपमा स्वीकार गरेको थियो ।
विश्वका विभिन्न भाषा तथा संस्कृतिका विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवस मनाउदै आएको छ । २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ भाषाहरु मातृभाषाको रुपमा बोल्ने गरेको पाइएको छ । दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिस्ठान, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान, युनेस्को लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार