होली सुरु

२०७३ फाल्गुन २२ गते, आईतवार

काठमाडौं, २२ फागुन । काठमाडौंको बसन्तपुर डबलीमा आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा होलीको चीर ठड्याएसँगै उपत्यकामा विधिवतरुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।
यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरु यही फागुन २९ गते तथा तराईका जिल्लाहरुमा फागुन ३० गते होली पर्व मनाईंदै छ । आज ठड्याइएको चिर एक हप्तापछि ढलाएर टुंडिखेलमा पुर्‍याई सेलाउने गरिन्छ । वसन्त उत्सवका रुपमा समेत मनाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ ।
धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रुपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार