हर्न बजाउनेलाई ५ हजार जरिवाना
काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाको पहलमा उपत्यकालाई हर्न निषेध गरिने भएको हो । नयाँ वर्ष २०७४ को अागमनसँगै काठमाडौं उपत्यकाभित्र सवारी साधनहरुले हर्न बजाउन नपाएने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख ईश्वरराज पौडेलका अनुसार ०७४ को वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाभित्र गुड्ने सबै सरकारी, पर्यटकबाहक, सार्वजनिक र निजी सवारीले हर्न बजाउन नपाउने भएका छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकल लगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनहरुले भने हर्न बजाउने पाउने भएका छन् ।
गम्भीर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै छोटो समयको लागि हर्न बजाउन पाइने बताइएको छ । हटेर गर्ने सवारी साधन वा चालकलाई पाँच हजार जरिवना गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।