आज विश्व प्रेस स्वतन्त्रता दिवस

२०७४ बैशाख २० गते, बुधबार

काठमाडौं, २० बैशाख । आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ ।
सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।
यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंदै छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईंदै छ । नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रभात फेरि निकालेको छ । प्रभात फेरिपछिको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले नेपालमा अझै पनि प्रेस स्वतन्त्रता हनन्का घटनामा कमी नआएको भन्दै चिन्ता व्यक्त गरे । उनले पत्रकारहरुले स्वतन्त्ररुपमा कलम चलाउने अवस्था नरहेको भन्दै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताए । एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हनन्का ७० वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु