गृहमन्त्री पूर्ववत् काममा

२०७४ बैशाख २१ गते, बिहीबार

काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा अस्वीकृत गरेका छन् । प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच आज भएको छलफलपछि प्रधानमन्त्रीले राजीनामा अस्वीकृत गरेका हुन् । निधि आजै गृहमन्त्रालयमा पुगेर पूर्ववत् काममा फर्कने बताइएको छ ।
एकाएक पदबाट राजीनामा दिएका निधि र काँग्रेस सभापति देउवाबीच बुधबार लामो समय संवाद भएपछि निधि पुनः सोही पदमा फर्किन तयार भएको बताइन्छ । बुधबारको छलफलमा देउवा र निधिबीच मुलुक जोगाउन र काँग्रेसलाई बलियो बनाउन पछाडि हट्न नहुनेबारे गहन छलफल भएको थियो ।
निधिले राजीनामा दिएपछि गोपालमान श्रेष्ठ वा ज्ञानेन्द्रबहादुर कार्की वा रमेश लेखक वा अर्जुननरसिं केसीलाई गृहमन्त्रालयको जिम्मेवारी दिन सकिने बताइँदै आइएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु