आज राष्ट्रिय पत्रकारिता दिवस
काठमाडौं, २४ बैशाख । आज राष्ट्रिय पत्रकारिता दिवस ‘पत्रकारिताको प्राथमिकता, समन्याय र समृद्धि’ भन्ने नाराका साथ मनाईंदै छ । दिवसका अवसरमा सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौंमा प्रभातफेरि गरेको छ । भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरि भूगोलपार्कमा पुगेर टुंगिएको थियो । सरकारले गोरखापत्र दैनिक स्थापना भएको दिन अर्थात वैशाख २४ गतेलाई गएको वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन सुरु गरेको हो । १९५८ साल वैशाख २४ गतेदेखि गोरखापत्रले साप्ताहिक प्रकाशन सुरु गरेको थियो ।