सवा करोड सिमकार्ड प्रयोगविहीन

२०७४ जेष्ठ २ गते, मंगलवार

काठमाडौं, २ जेठ । नेपालका अग्रणी मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका सवा एक करोड सिमकार्ड प्रयोगविहीन रहेको फेला परेको छ ।
नेपाल दुर संचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले बजारमा ९८ प्रतिशत बजार हिस्सा रहेका यी दुई कम्पनीका मात्रै एक करोड २४ लाख सिमकार्ड प्रयोग विहीन अर्थात निष्कृय छ । बजारमा वितरण भएका ३ करोड २४ लाख सिमकार्डमध्ये २ करोडमात्रै प्रयोगमा छन् । प्राधिकरणका अनुसार सबैभन्दा बढी सिमकार्ड प्रयोगविहीन हुनेमा नेपाल टेलिकम छ । टेलिकमको प्रयोगविहीन सिमकार्डको संख्या ६९ लाख रहेको छ । एनसेलको प्रयोगविहीन सिमकार्ड ४१ लाख रहेको देखाउँछ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु