प्रधानाध्यापकमाथि गोली प्रहार

२०७४ असार ११ गते, आईतवार

काठमाडौं, ११ असार । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । विद्यालय जाँदै गरेका ५० वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । जनकपुर उपमहानगरपालिका–७ का शर्मा माथि बिहान साढे ६ बजे घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनियाँ चोकबाट पश्चिमतर्फको बाटोमा गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका हतियारधारी दुई जनाले गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ । शर्माको गालामा गोली लागेको छ । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि जनकपुर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु