पत्रकारद्वारा सुरक्षाको माग
काठमाडौ, १४ असार । भक्तपुरका क्रियाशील पत्रकारले निष्पक्ष रुपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै गएपछि सुरक्षाको माग गरेका छन् । मङ्गलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाण्डौँ, नेपाल पत्रकार महासङ्घ, भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले मङ्गलबार भक्तपुरको रेडक्रसमा आयोजना गरेको ‘पत्रकार र सुरक्षा’ मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारले सुरक्षाको माग गरेका हुन् । द्वन्द्वकालमा जस्तै अहिले पनि निष्पक्षरुपमा समाचार सङ्कलन र सम्प्रेषणका क्रममा विरोधी पक्षद्वारा जागिर खोसिदिने, कुटपिट गर्ने, ज्यान मार्ने र गाउँ निकाला गर्नेसम्मको धम्की आएको भन्दै सुरक्षाको माग गरेको हो ।