बस दुर्घटना, एकजनाको मृत्यु, ४१ घाइते

२०७४ असार १८ गते, आईतवार

काठमाडौँ, १८ असार । सिन्धुपाल्चोक को चौतारा साँगाचोकगढी नगरपालिका–१२ अन्तर्गत चौतारा बन्देउ सडकखण्डमा आइतबार (आज) बिहान भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते सोही नपाको वडा नं १३ निवासी पाँच वर्षीया बालिका सुजाता नेपालीको धुलिखेलतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
सो नगरपालिका–१३ को ठूलोसिरुबारीबाट काठमाडौंतर्फ जाँदै गरेको बा२ख २७०२ नम्बरको यात्रुबसले विपरीत दिशाबाट आएको बा६४प ३०२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रितभई सडकबाट करिब सात मिटर तल पल्टिएको थियो । मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु