बाढी पहिरोले १० जनाको मृत्यु
काठमाडौ, १९ असार । गृह मन्त्रालयले हिजो साँझसम्म विभिन्न ठाउमा १० जनाको मृत्यु भएको जनाएको छ । निरन्तरको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी र पहिलो गएर उनीहरुको मृत्यु भएको हो ।
पोखरा, स्याङ्जा, म्याग्दी, प्यूठानमा धनजनको क्षति भएको छ । सप्तरीमा डुवानमा परेका प्रभावितहरुको विचल्ली भएको छ । स्थानीय खोलामा आएको बाढीले घर डुबानमा परेपछि सप्तरीबासी सुत्न पाएका छैनन । भारतीय बाधका कारण भएको डुवान १ हजार ५ सय बढी घरमा क्षति पुगेको हो । बाढीले २ सय ३० घर बगाएको छ भने बाँकी घरमा समेत क्षति पुगेकाले स्थानीय बासीको बिचल्ली भएको हो ।
घर भित्र पसेको बाढीले खाद्यान्न, लत्ताकपडा लगायत सामग्रीमा समेत क्षति पुगेपछि बालबालिका, बृद्धबृद्धा, बिरामी बढी समस्यामा परेका छन । बाढीले घरबार गुमाएको तीन दिन बितिसक्दा समेत प्रभावितको राहात पाउन नसकेको गुनासो गरेका छन् ।