एकायन कराते संघको प्रथम बार्षिक सभा सम्पन्न

२०७४ असार २० गते, मंगलवार

काठमाडौँ, २० असार । नेपाल एकायन कराते संघले सोमबार प्रथम बार्षिक सभा सम्पन्न गरेको छ । राष्ट्र निर्माणका लागि स्वाथ्य जनशक्ति र स्वाथ्य जनशक्तिकालागि खेलकुद भन्ने मुलनाराका साथ काठमाडौँको खुसिबूमा आयोजित कार्येक्रममा प्रमुख अतिथिको रुपमा राट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा , अतिथिमा डा चन्द्र मन बज्राचार्य ,काठमाडौँ महानगर पालिका १७ वडाका वडा अधक्ष्य नविन मानन्धरले खेल कुदक्षेत्रको बृहत्तर बिकाशकालागि ,अन्तर राष्ट्रिय जगतमा राष्ट्रको पहिचान बढाउन सबै क्षेत्रका ब्येक्तित्त्वोको अनुकरणीय भूमिका रहनु पर्नेमा जोड दिनु पर्ने बताए । विभिन्न जिल्लाबाट समेत आमन्त्रित प्रतिनिधिहरु ,सामाजिक क्षेत्रका प्रतिनिधिहरु बीचबाट १७ सत्र सदस्य समिति निर्बिरोध चयेन गरिएको छ । जस अनुसार अध्यक्षमा श्री कृष्ण डंगोल ,उपाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ अर्का उपध्यक्षमा खिल बहादुर खनाल ,महासचिबमा संजय मुल्मी , सचिवमा बुद्ध शरण शाही ,कोषाध्येक्षमा रिता श्रेष्ठ र सदस्यहरुमा क्रमस धर्मेन्द्र महर्जन ,मिना प्रजापति ,कृष्ण गोपाल शाही ,बिरेन्द्र कुमार श्रेष्ठ ,प्रचीन श्रेष्ठ ,राजेन्द्र शाक्य ,भगत बहादुर ब्लोन ,युवराज तामांग ,वासुदेव खत्री ,पूर्ण लक्ष्मी शाक्य रहेको छ । बि स २०७२ मा स्थापित एकायन कराते संघका अधिराज्य भरिमा नुवाकोट , काब्रे , मकवानपुर ,धादिंग, चितवन ,बाँके , भक्तपुर ,ललितपुर ,पर्सा ,कास्की ,कैलाली,ओखल्धुङ्गा ,सोलुखुम्बु ,महत्तरी लगाएत जिल्लाहरुमा शाखा समेत रही विभिन्न राष्ट्रिय स्तरका खेल प्रतियोगिता समेत आयोजना गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु