कोदालो प्रहार गरी श्रीमानको हत्या
काठमाडौं, ४ साउन । म्याग्दी जिल्ला मालिका गाउँपालिका–२ धुलाबाङ बस्ने २५ बर्षीया रञ्जना जि.सी.लाई श्रीमानलाई कोदालो प्रहार गरी मारेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । जि.सि.ले मंगलबार राति आफ्नै ३४ बर्षीय श्रीमान शिब जि.सी.लाई टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।