आज ऋषि पञ्चमी

२०७४ भाद्र १० गते, शनिबार

काठमाडौं, १० भदौ १० । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ । काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा ठूलो भीड लागेको छ । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन पनि छ ।

प्रतिक्रियाहरु

[anycomment]