आज गौरा पर्व

२०७४ भाद्र १३ गते, मंगलवार

काठमाडौं, १३ भदौ । आज गौरा पर्व , सुदूरपश्चिमका साथै राजधानी काठमाडौंमा आई बस्ने सुदूरपश्चिमका बासिन्दाहरुले यस पर्वलाई हर्षोल्लासका साथ मनाउँदै छन् । बिभिन्न मन्दिर तथा घर घरमा तामा र पितलका भाँडाहरुमा विरुडा भिजाएर गौरा पर्वको शुभारम्भ गर्ने गरिन्छ । महिलाले निराहार ब्रत बसेर सगुन गाउंदै गहुं, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न भिजाएर गौरा पर्वकोे सुरु गरेका हुन् ।
यस पर्वमा अविवाहित युवतीहरु राम्रो पतिको कामनासहित र विवाहिता महिला पतिको दीर्घायुका लागि ब्रत बस्ने गर्दछन् । यो पर्व एक सातासम्म चल्ने गर्दछ । गौरा पर्वलाई कार्य व्यस्तताबाट पर रहेर विश्राम गर्ने र आफन्तजनसंग भेटघाटको अवसरको रुपमा पनि लिने गरिन्छ । गौरा पर्वकै अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]